सहिद भुमि गाउपालिका वडा नं १ पाेखरेमा पिछडिएका बस्ती समुदायमा तरकारी खेति प्रबिधि सम्बन्धि तालिम सम्पन्न भएको छ । माघ १६ गते देखि १९ गते तीन दिनमा सञ्चालन गरिएको तरकारी खेति प्रबिधि तालिममा ६५ जना कृषिको सहभागीता रहेको थियोे ।
तालिममा कृषकहरुलाई प्रशिक्षकहरू कृषि बिज्ञ सुर्य सापकाेटा र पर्डेप नेपाल धनकुटाका कार्यक्रम काेडिनेटर मीन सुबेदिले आधुनिक तरकारी खेतीकाे विषयमा प्रशिक्षण दिएको हाे । पर्डेप नेपाल धनकुटाकाे आयाेजना तथा सहिदभुमि गाउपालिकाकाे सहयोगमा सञ्चालन गरिएको तालिम एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मनाेज राईकाे प्रमुख आतिथ्यमा समापन गर्नुभएको थियोे । तालिमको समापन गर्नु हुदै अध्यक्ष राईले सबैलाई धन्यवाद दिदै आधुनिक तरकारि खेति गर्न तालिममा सहभागी कृषकलाई सुझाव दिनु भयाे ।












