माघ २२
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ५ लेगुवा स्थित अरूण नदीको किनारमा एक पुरुषको शब नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ । अरूण नदीको किनारमा अपरान्ह करिब ४ बजे पानिमा तैरिरहेको अवस्थामा फेला परेको हो । स्थानीयले पानिमा तैरिरहेको अवस्थामा शब देखे पछि प्रहरिलाई खबर गरेका थिए ।
जिल्ला प्रहरीकार्यलय धनकुटाका डिएसपी सुरज कार्कीको टोलिले घटना स्थलबाट वेवारीसे नामथर वतन नखुलेको पुरुषको शब परिक्षण अनुसन्धानका लागि धनकुटा ल्याईएको हो । गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलीयन अनुहार भएको, उचाई ५.५ ईन्च भएको, अन्दाजी ४५ वर्षको पुरुषको लास जाँच मुचुल्का उठाएर अनुसन्धान कार्य सम्पन्न गरी मृत लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटाको शब गृहमा राखिएको े जिल्ला प्रहरी कार्यलय धनकुटाकाले जनाएको छ ।












