माघ २२

सहिदभुमि गाउपालिका धनकुटाको नौंव गााउसभा ५ वटा ऐन र ३ वटा कार्यविधि पास गर्दै समपन्न भएको छ । गााउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न उक्त सभाले ५ वटा ऐन र ३ वटा कार्यविधि पास गरेको हो ।

त्यस्तै गरी चालु अर्थिक वर्षको बजेट संसोधन गरिएको गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिनु भयो । सभाले विगत वर्षहरुमा सञ्चालित कार्यक्रम आयोजनाहरुको वेरुजुको फर्छोट गर्न सब परिक्षण गरि फर्छोटका लागि नितिगत निर्णय गरिएको छ ।

८ औ गाँउसभाले भौक्तिक पूर्वाधार निमार्ण तर्फका आयोजना सम्भौता गर्ने समय अवधि पुष मसान्त सम्म तोकिएकोमा उक्त समयम अबधि २०७८ फागुन १५ सम्म म्यमद थप गरिएको प्रमुख प्रशासकिय अधिकृत शाक्यले बताउनु भयो । त्यस्तै गरी सभामा गाउपालिकाले संस्थागत क्षमता स्वमुल्याङकन बापत पाएको अकं माथि छलफल गरिएको छ ।

सभामा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , वडाअध्यक्षहरु , कार्यपालिका सदस्य , सदस्य पालिका लेखा संयोजक नितेस कुमार यादव , विभिन्न शाखा विभागका प्रमुख लगायत कर्मचारिहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय