माघ २३ ,
सहिदभुमि गााउपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटार मा पहिलोपटक सडक पुगेकोे छ । गाँउपालिकाको वडा नं २ स्थित पिपलयाटार र ललाहानीटारमा तिन चार वर्ष देखिको अथक प्रयास पछि सडक पु¥याउन सफलभएको हो ।
यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारीदिनु भयो । चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि यहाका बासिन्दालाई पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्ष तुला राईले बताउनु भयो ।


नयाँ सडक तस्बिर
दैनिक आवाश्यक पर्ने सामाग्री मान्छेले ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भए संगै पिपलयाटार र ललाहानीटारका जनताको मुहारमा खुसी छाएको छ । यहाका जनतालाई अब हाइवए सडक मुलघाट निस्कन दुरी पनी छोटो भएको उपभोक्ता तुला राईले बताउनु भयो । सडकको एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष मनोज राईले उद्घाटन गर्नु भएको हो ।
सडक उद्घाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रमुखप्रशासकिय अधिकृत राजकुमार शाकय , वडा अध्यक्ष रत्न बहादुर राई , वडा सदस्य सोम मगर ,सडक उपभोक्ता समितिका सदस्यहरु स्थानिय लगायत पालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।












