माघ २५
धनकुटाको सहिदभुमि गाँउपालिकामा आज जातिय विभेद तथा छुवाछुत अन्त्यका लागी सचेतना र सम्मान कार्यक्रम सम्पन्न भएको छ । दलित एकता समाज सहिदभुमि गाउपालिकाको अयोजनामा दलित समुदायका जनप्रतिनिधि सहित शिक्षक कर्मचारीहरु १० जनालाई सम्मान गरिएको हो ।
दलित एकता समाज सहिदभुमिका उपाध्यक्ष तारा तिवारीको अध्यक्षता तथा प्रदेश संसद निरन राईको प्रमुख आतिथ्यमा जातिय विभेद तथा छुवाछुत अन्त्यका लागी सचेतना र सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संसद निरन राई , कार्यक्रमका विशेष अतिथि गाँउपालिका अध्यक्ष मनोज राईले सम्मान पत्र गर्दै खदा अबिर ले सम्मान गर्नु भएको थियो । दलित समुदायको ७ जना जनप्रतिनिधि , १० जना शिक्षक तथा कर्मचारी लाई सम्मान गरिएको आयोजकले जनकारीदिएको छ । कार्यक्रमका सहजकर्ता दलित अधिकार कर्मी नैना रुचालले दलित समुदायको अवस्था ,राज्यले गरेको संबैधानीक र कानुनी व्यवस्थाको विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य समाजका कोषाध्यक्ष सोम नेपालीले राख्नु भएको थियो भने समाजका अध्यक्ष सुर्यप्रकाश विस्वकर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।












