माघ २७
सहिदभुमि गाँउपालिका धनकुटाको वडा नं ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मंत्रयालय सहयोग रसहिद्भुमी गाउपलिकको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ःअन्तर्गत सहिद्भुमी गाउँपालिकाको वडा न ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप बिकास तालिम माघ ९ गतेदेखि माघ २५ गते सम्म सञ्चालन गरिएको हो । १५ दिन सम्म संचालित तालिममा ज्वालादेवी लघु उद्यम समुह सहिद्भुमी ६ का १३ जनाको सहभागिता रहेको थियो । सहभागीलाई तालिमका प्रशिक्षक चन्द्रप्रकाश राईले तालिम दिनु भएको थियो ।

तालिमको एक कार्यक्रमका बिच बुधबार सहिद्भुमी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि राज कुमार शाक्यले गाउँपालिका बाट क्रमश गत वर्ष देखि सहिद्भुमी गाउँपालिकाको विभिन्न वडाहरु २, ३, र ४ का १ हजार ९ जनालाइ सिप विकाश तालिम दिएर नयाँ उद्यमी विकास गरि उद्यम समुह गठन गरेर गाउँपालिकाले निरन्तर फलोअप गरिरहेको जानकारी गराउनु भएको थियो ।

सोहि कार्यक्रम अन्तरगत चालुआर्थिक वर्षमा सहिद्भुमीको ५ र ६ नं वडामा तालिम संचालन भइरहेको जानकारी गराउनु भयो । वाड न ६ का वडा अध्यक्ष हेम कुमार राइले सहभागीलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । त्यस्तै गरी वडा अध्यक्ष हेमकुमार राईले कार्यक्रममा बोल्नु हुदै तालिममा सहभागीहरुले सिकेका सिप लाइ प्रयोग गरेर स्थानीय स्तरमा रहेका कच्चापदार्थलाइ प्रयोग गरी आयआर्जन तथा रोजगारीका माध्यम सिर्जना गर्न सक्ने बताउनु भयो । तालिम उद्यम सहजकर्ता खुमा राईले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय