धनकुटा

रुपान्तरण को लागि हाम्रो अभियान भन्ने संस्थाको आयोजनामा आउदो फागुन १४ गते पाख्रिबास नगरपालिकामा नगरस्तरीय गायन प्रतियोगिता तथा गजल साँझ हुने भएको छ । नगरभित्रका जज्वल्यमान प्रतिभाहरुलाई मध्यनजर गरेर यसपटक पृथक अभ्यासको आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकरीदिएको छ ।

गायन प्रतियोगितामा सहभागी हुन चाहानेहरुका लागि आफ्नो नाम गीतको बोल सहित फगुन १२ सम्म नाम दर्ता गर्नै समय रहेको छ । गीत नेपाली भाषाको जुनसुकै विधामा गाउन सकिने छ भने गीत गाउँदा ट्रयाक अनिवार्य गरिएको छ ट्रयाक प्रतियोगि स्वयमले लिएर आउनु पर्ने व्यवस्था गरेको छ । गायन एकल हुनुपर्ने छ भने आफ्नो गायन पांच मिनेट भित्र सक्नु पर्ने छ ।

गायन प्रतियोगीहरु पाख्रिबास नगरपालिका भित्रको हुनुपर्नेछ साथै परिचय खुल्ने प्रमाण अनिवार्य लिएर आउनुपर्ने छ । प्रतियोगीलाई उमेरको हद लगाईएको छैन । गायन प्रतियोगितामा पुरस्कारमा प्रथम लाई ( ५००० र प्रमाण पत्र , दोस्रो पुरस्कार ३००० र प्रमाण पत्र , तेस्रो पुरस्कार २००० र प्रमाण पत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय