काठमाडौं
सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठक सार्न प्रस्ताव गर्नुभएको छ ।

समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको बैठक सार्न प्रस्ताव गर्नुभएको उहाँकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ गने सार्न प्रस्ताव गर्नुभयो ।’

भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि ५५ अर्ब अमेरिकी अनुदान एमसीसीलाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा परामर्श भएको बालुवाटार स्रोतले जानकारी दियो ।

सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उहाँहरूबीच मतैक्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय