फागुन १ ,

छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकामा रहेका जेष्ठ नागरीकहरुलाई उनीहरुकै घरमा पुगेर निःशुल्क स्वास्थ्यजाँच सेवाको व्यवस्था गरेको छ ।

स्थानियतहको निर्वाचन संगै २०७४ सालबाट पालिकाले यो कार्यक्रम स्वास्थ्यशाखाको सहयोगले चौमासिक रुपमा सन्चालनगर्दै आईरहेको छ ।

यसै क्रमम ापालिकाको स्वास्थ्यशाखाले गएको हप्ता देखि पालिकाको सबै ६ वटा वडाहरुमा ७० बर्ष माथिका जेष्ठ नागरीकहरुको स्वास्थ्य जाँच गरिरहेको छ ।

हाल सम्म ३५० भन्दा बढी जेष्ठ नागरीकहरुको स्वास्थ्यजाँचगर्ने क्रमजारी रहेको पालिकाका स्वास्थ्य शाखाप्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

‘यो कार्यक्रमले स्वास्थ्य संस्थामा जान नसक्ने जेष्ठ नागरीकहरुलाई सहयोग पुगेको छ’–डंगोलले भन्नु भयो,‘यसले समयमा नै रोगको पहिचान गरेर उपचारकालागि स्वास्थ्य संस्थामा रेफर गर्न सहजभएको छ’ ।

जेष्ठ नागरीकहरुलाई प्राथमिकउपचारका साथमा प्रेसर,सुगर जाँच र निःशुल्क औषधी दिईदै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय