फागुन ६,
चार जिल्लाका तितुङहरूले एकै ठाउँ सामुहिक रुपमा धनकुटाको निगालेमा कुल पुजा गरेकाछन् । विगद केही वर्ष देखि तितुङ सेवासमाजले धनकुटा नगरपालिका वडा नं १ मा निर्माण गरिएको सामुदायिक भवन अर्थात (कुल घरमा )सामुहिक रुपमा कुल पुजा गर्दै आईरहेकाछन् । हरेक तीन तीन वर्षमा पुजा गर्ने गरेको आफ्नोकुल पुजा तितुङ तामाङहरूले सामुहिक रुपमा भेला भएर पुजा गर्न थालिएको तितुङ सेवासमाजका अध्यक्ष कुल बहादुर तितुङले बताउनु भयो ।

तिनदिन सम्म पुजा गरेर कुल बनाउनु पर्ने भएकोले आर्थिक भार र सबैले अनिवार्य आफ्नो कुल बनाउनु पर्ने भएकोले सबैलाई समेट्ने गरि सामुहिक रुपमा भेला भएर कुल बनाउने कार्यको सुरुवात गरेको तितुङले बताउनुभयो । धनकुटा , तेह्रथुम , सुनसरी , झापा ,मोरङ लगायतका जिल्ला बाट पनि कुल बनाउन अर्थात पुजा गर्न आउने गरेको सेवा समाजले जनाएको छ ।
बुधबार देखि सुरु गरेको भोलि मात्र तीनदिनमा सकिनेछ ।उनिहरुले कुल बनाउदा प्रत्येक घरबाट एउटा बोका लिएर आउने गरेकाछन् भने , तोर्मो , टोटलाको फूल धुप बत्ति लगायत विभिन्न सजिसजावट गरेर कुल पुजा गर्ने गरेकाछन । यसरी सामुहिक रुपमा भेलाभएर कुल पुजा गर्दा आर्थिक रुपमा भार कम हुनुका साथै पछिल्लो पुस्ता सम्म रितिथित बच्चाइराख्न समेत मदत पुगेको तुतुङ समुदायले जानाएको छ । ।












