फगुन ८
धनकुटाको पाख्रीवास नगरपालिका ९ लिसिम्बुमा केहीदिन अघि जेलेर मृत्यू भएकी शिव माया पूर्वाछाने मगरको परिवारलाई राहत प्रदान गरिएको छ । पाख्रीवास नगरपालिका ९ नं वडाले उहाँको परिवारलाई १० हजार राहत प्रदान गरेको हो । आज वडाध्यक्ष चन्द्रलाल घिसिङको टोलिले उहाँको परिवारलाई घरमै पुगेर राहत हस्तान्तरण गर्नुभएको हो ।

टोलीमा वडा सदस्य सम्झना आले,रामबहादुर लुङगेली,नेकपा एमालेका नगर उपाध्यक्ष लोकेन्द्र घिसिङ,सल्लाहकार रुद्र मस्राङगी,यज्ञ घिसिङ लगायतको उपस्थिती थियो । ५९ वर्षकी शिव मायाको गत फागुन २ गते आफ्नै घरको चुल्होमा आगो बाल्ने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्किदा घटना स्थलमै मृत्यू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय