फागुन ९

गुणस्तिरीय सुरक्षित नागरीक आवास कार्यक्रम अन्तरगत सागुरीगढी गाँउपालिका वडा नं ८ मा दलित समुदाय सहित पुरै वडालाई फुसको छाना मुक्त  बनाउन सफल भएको छ ।

गाँउपालिकाले दलित सुमुदायलाई मुख्य प्राथमिक्तामा राखेर दलित फुस मुक्त कार्यक्रम सञ्चालन गरेकोे थियो सोहि कार्यक्रम अन्तरगत वडा नं ८ का ३५ घर दलित समुदायको घरमा रङगीन जस्तापाताले घरको छानो फेरि दिएको छ । त्यस्तै वडाले वडा भित्रिका असाहय अतिविपन्न गरिबहरु पहिचान गरेर जस्तापाता टिन किन्न नसक्नेहरुको पहिचान गरी घरको छाना फेरीदिएको छ ।

वडा नं ८ का वडा अध्यक्ष विनय राईले आफुले ५ वर्ष भित्र वडाको दलित समुदाय सहित असाह्य अतिविपन्न गरिबहरु गरी जम्मा १ सय २१ घरको फुसको छाना हटाएर टिन लगाउन सफलभएको जानकारी दिनुभयो । वडामा फुसको छाना मुक्त वडा वनाउनका लागि सुरुवाती वर्ष देखि वडा ,गाँउपालिका र संघको प्रयास बाट सफल भएको वडाअध्यक्ष विनय राईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय