फागुन १२
सहिदभुमि गाँउपालिका वडा नं ६ मा महिला दिबिहिनीहरुलाई चोयाको डुङ्गा र डालो बनाउने १५ दिने तालिम सञ्चालन गरिएको छ । गाउपालिकाको आयोजनामा महिलाहरुलाई व्यवसायी करण तथा क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरेको १५ दिने तालिम आज एक कार्यक्रमका बिच समापन गरेकोे हो । कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राईले कार्यक्रममा बोल्नुहुदै तालिमलमा सहभागि महिलादिदिबहिनीहरुलाई सिकेका सिपलाई सदुपयोग गर्न आग्रह गर्नु भयो ।

 

साथै उहाले महिला शसक्तिकरणका लागि यस्ता विभिन्न कार्यक्रम तथा तालिम गााउपालिकाले सञ्चालन गरिरहेको जानकारी गराउनु भएको थियो । वडा नं ६ का वडा अध्यक्ष हेम कुमार राईले तालिमको समापन गर्नु हुदै तालिममा सहभागी महिलाहरुलाई तालिममा सक्रिय रुपमा सहभागिता जनाएर आफ्नो सिप विकास गर्ने अवसर सदुपयोग गरेकोमा खुसी व्यक्त गर्नु भयो ।

साथै उहाले सहभागी महिलालाई व्यवसायी तथा गाँउघरमा उघोग विकास गर्न आग्रह गर्नु भएको थियो । तालिमा वडा भित्रका विभिन्न महिला समुहका २० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक चन्द्र प्रकाश राई , प्रकृति राई ,र अप्सना राईले तलिम प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय