फागुन १२
सहिदभुमि गाउपालिका वडा नं ७ मा जारी फुटवल प्रतियोगिता अन्तरगत आज ४ खेल सम्पन्न । वडा खेलकुद विकास समितिको आयोजनामा बुधबार देखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । आज दोस्रो दिन पहिलो खेल पोक्ला १ सहिदभुमि र विश्रान्ति एएफसि मुलघाट बिच भएको खेलमा ० का विरुद्ध दुईगोलले विश्रान्ति विजयी भएको छ ।

दोस्रो खेल टाइगर एएफसी धाप र मितेरी युवा क्लब बिच भएको खेलमा ० का विरुद्ध ४ गोलले टाइगर विजयी भएको छ । तेस्रो खेलमा एएफसि भाउन्ने मोरङ र सागुरीगढी ८ पिप्ले बिच भएको खेलमा खेलको निर्धातिर समय अबधिमा २—२ गोल बराबरी भएपछि खेल ट्राईबेकरमा ३ का विरुद्ध ८ गोल लगाउदै भाउन्ने विजयी भएको हो ।

त्यस्तै गरी आजको अन्तिम तथा चौथो खेलमा राजारानि एएफसी र आरएप्सी इटहरी बिच भएको खेलमा ० का विरुद्ध ५ गोल अन्तरले इटहरी विजयी भएको छ । प्रतयोगिताका प्रथम पुरस्कार नगद ६० हजार ट्रफी मेडल प्रमाण पत्र पुरस्कार रहेको छ भने दोस्रोलाई पनि नगद ३० हजार ट्रफी मेडल प्रमाण पत्र पुरस्कार प्रदान गरिन्ने विकास समितिका संयोजक केसव राईले जानकारी दिनुभयो । खेल फगुन १५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय