फागुन १७
धनकुटा नगरपालिका वडा नं १ हिलेबाट आज २ सय जनाले कोरोना विरुद्धको वुस्टर डोज खोप लगाएका छन् । १ नं वडा कार्यलय र नेपाली सेनाको समन्वयमा १ सय १ पुरुष र ९९ जना महिला सहित जम्मा २ यस जनालाई बुस्टर डोज खोप लगाईएको वडाध्यक्ष निरन तामाङले जानकारी दिनुभयो । भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको बुस्टर डोज खोप सेना सँगको समन्वयमा लगाईएको उहाँले बताउनुभयो ।

अहिले ७ सय ७० बुस्टर डोज खोप रहेकोले भोलि पनि बडा बाट खोप लगाईने वडाले जनाएको छ । यसअघि भेरोशेल र कोभिशिल्डको दोश्रो डोज लगाएको ६ महिना नाघेहरुलाई बुस्टर डोज दिईएको वडाध्यक्ष तामाङले वताउनुभयो । यसअछि भेरोशेल र कोभिशिल्डको एक मात्रा खोप लगाएकाहरुले पनि दोश्रो डोजको रुपमा यही खोप लगाउन मिल्ने उहाँले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय