फागुन १७
स्थानिय तह निर्वाचन नजिकिदै गर्दा नेपाली कंग्रेसले धनकुटामा निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ । फल स्वरुप उस्ले धनकुटा नगरपालिकाको लागि १५ दिन भित्र उम्मेदवार सिफारिस, बुध तथा टोल समितिहरु गठन गर्न निर्देशन दिएको छ । धनकुटा नगरपालिकाका सवै वडा, नगर र क्षेत्रिय कार्य समितिलाई १५ दिन भित्र बैठक वसी उम्मेद्धारहरुको सिफारिस, सवै टोल र बुथ समिति गठन गरी सक्न निर्देशन दिएको हो ।

टोल समितिको सिफारिसको आधारमा क्रियाशिल भेला गरी राय सुझाव संकलन गरेर वडा कार्य समितिको बैठक बसी वडा सदस्य,वडाध्यक्ष, मेयर तथा उपमेयरका सम्भावित उम्मेदवार पदका लागि एक महिला सहित तीन जना उम्मेदवाको नामावली जिल्ला कार्य समितिमा पठाउन निर्देशन दिएएको पार्टीका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईलेजानकारी दिनुभयो । पार्टीका धनकुटा नगर कार्य समिति सभापती नरेश श्रेष्ठले उम्मेदवारका साथ घोषणा पत्र निर्माणका लागि सुझाव सहित सिफारिस पठाउन नगरको तर्फबाट पनि निर्देशन दिएको वताउनु भयो । उहाँले सवै वडामा संगठन विस्तार गरी नगरका पदाधिकारीहरुलाई समेत जिम्मेवारी दिएको वताउनु भयो । यस्तै सभापती दिनेश राईले निर्वाचनमा जित हाँसिलका लागि सम्पूर्ण शक्ति परिचालित हुन आव्हन गर्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय