फागुन २०
जाल्पादेवि क्याम्पस पाख्रिबासको चौथो साधारण सभाबाट १ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । साधारण सभाको उद्द्याटन शस्त्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा मेयर वृर्ष बहादु्र राईको अध्यक्षता र संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
चौथो साधारण सभाको बन्दशस्त्रबाट उपाध्यक्षमा वेद बहादुर विस्वकर्मा निर्विरोध चयन हुनुभको छ । त्यस्तै सदस्यमा राम बहादुर खड्का , मोहोन बस्नेत र नम्रता देउजा निर्विरोध चयन भएकाछन् । वृर्ष बहादुर राई ,भिम राई र सम्झना आलेको नाम अध्यक्षको लागि डिनको कार्यलयमा पठाएको क्याम्पसका प्राध्यापक किसोर राईले बताउनु भयो ।
बन्दशस्त्रको निवार्चन मण्डलमा संयोजक निर्मल रिमाल ,सदस्यमा मान बहादुर राई र उर्मिला गुरुङ रहनुभएको थियो । साधारण सभाको स्वागत मन्तव्य सञ्चालक समिति उपाध्यक्ष देव विस्वकर्माले राखेका थिए भने सञ्चालन प्राध्यापक किसोर राईले गर्नु भएको थियो । क्याम्पसको आय व्यय विवरण निमिक्त क्याम्पस प्रमुख रञ्जित गुरागाईले प्रस्तुत गर्नु भएको थियो ।












