धनकुटा फागुन २३,

अहिलेको परामादेशि देउवा नेतृत्वको गठबन्धन सरकार पुरै असफल भईसकेको भन्दै सरकार सरकार जस्तो नभएको नेकपा एमाले पार्टीका माहासचिव शंकर पोख्रोलले बताउनु भयो ।

प्रेस चौतारी नेपाल धनकुटाले आइताबर आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुदै गठबन्धनबाट बनेको सरकार पुरै असफल भईसकेको बताउनु भएको हो । अहिले देशमा मुल्य वृद्धि ईतिहासकै उच्च पु¥याएर मुलुकको अर्थतन्त्र डामाडोल पारेको बताउनु भयो ।
एमाले नेतृत्वको सरकार हुदाँ ४ प्रतिशतमा सिमित रहेको मुल्य वृद्धि वर्तमान सरकारको पालामा इतिहासकै उच्च ७ दशमलव १ प्रतिशत पु¥याएको पोख्रेलले बताउनु भयो । बैंक र बजारमा पैसा अभावका कारण अर्थिक क्रियाकलाप ठप्प रहेको र उद्योग धन्दाहरु बढि प्रभावित भएका छन् निर्यात भन्दा अयात बढि , कालोबजारी बढ्दो रुपमा रहेको भन्दै मुलुकको ढाड भाच्ने काम गरेर गठबन्धन सरकार पुरै असफल भईसकेको टपणी गर्नु भयो ।

त्यस्तै गरी पोख्रलले प्रदेश नं १ को राजधानी नामाकरण साझा पहिचानको आधारमा हुनुपर्नेमा जोड दिनु भयो । उहाले ऐतिहासिकताको आधारमा कोसी प्रदेश उपयुक्त हुने बताउनु भयो । त्यस्तै उहाले प्रधानन्यायाधिश विरुद्ध महाअभियोग तथा एमसीसी लगायतका बहाना गर्दै सरकारले निवार्चन नगराउने प्रपञ्च गरिरहेको उहाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय