नारायण कुमार राई
फागुन २४,
छथर जोरपाटी गाउँपालिका धनकुटाले २ जना पेशाकर्मी महिला र २ जना छात्राहरुलाई पुरस्कृत गरेको छ । ११२ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा पालिकाले २ जना ब्यबसायी र २ जना छात्राहरुलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा छथर गाउँपालिका भित्रकी एक मात्र टेम्पो चालक वडा नं।४ की कृष्णकुमारी भुजेल र गाउँबाट दुध संकलन गरेर बजार सम्म लाने वडा नं।२ की बिनुमायाँ दर्जी हुनुहुन्छ ।

त्यस्तै २०७७ सालको पालिका स्तरीय कक्षा ८ को परीक्षामा सबैभन्दा बढी अंक ल्याउने सरस्वती मा।बि।सिंधुवाकी छात्रा बिरान सुब्बा र सरस्वती मा।बि। ताँखुवाकी दिलकुमारी लिम्बू पुरस्कृत हुनुभएको छ । दुबै छात्रहरुले परिक्षामा बराबर अंक ल्याएकाले उक्त बिद्याको पुरस्काबाट दुबैजनालाई पुरस्कृत गरिएको हो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाले पालिकाकी जेष्ठ कार्यपालिका महिला सदस्य टिमला श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरेर सबैलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

भुजेल र दर्जीलाई जनही १० हजार नगद,कदर–पत्र र छात्राहरुलाई जनही ५ हजार नगद तथा कदर–पत्रले सम्मान गरिएको बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।

पुरस्कृत सबैलाई कार्यक्रमका अध्यक्ष श्रेष्ठ तथा कार्यपालिका सदस्यहरु दाकिमु शेर्पा,गंगा लिम्बू लगाएतले नगद तथा कदर–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका भित्र रहेका महिला समूह,एकल महिला समूह,महिला कर्मचारी ,महिला प्रहरी लगाएत अन्य सरोकारवाला महिलाहरूले दिवसको उपलक्षमा एक अर्कालाई शुभकामना आदानप्रदान गरेर कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय