धनकुटा ,

धनकुटाकाे सहिदभूमी गाउँपालिका वडा नं ६ माम्फिंंगमा हाेजयारी सीप विकास तालिम सम्पन्न भएको छ ।

गाउपालिकाले  गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत  हाते होजयारी सिप विकास तालिम  वाड न ६ माम्फिंगमा ६० दिन सम्म सञ्चालन गरेको थियोे ।  तालिममा सिद्ददेवी लघु उद्यम समुह सहिद्भुमी ६ का ११ जना   तालिममा सहभागी रहेको   तालिमका  प्रशिक्षक  कुमारी कार्कीले जानकारी दिनुभयो ।

तालिमकाे एक कार्यक्रमका बिच  सहिद्भुमी गाउँपालिका अध्यक्ष  मनोज राईकाे प्रमुख  आतिथ्यमा समापन गरिएको हाे  । समापन कार्यक्रममा  सिद्ददेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजेश राई तथा समाजसेबी भुपेन्द्र राई सागर राइको  लगायतको  उपस्थिति रहेको थियोे । समापन  कार्यक्रममा  सहभागीको तर्फबाट समुहका अध्यक्ष अनु राइले बाेल्नु हुदै  तालिम ६० दिनको भएपनि छोटो लागेको तालिम धेरै किसिमका  सिप सिक्न पाइयों सिकेको सिपलाई सदुपयोग गरेर  अझै प्रगती गर्दै जाने हाम्रो सीपलाई अझै अगी सार्न गाउँपालिकाको तर्फबाठ  सहयोग आशा  राख्दै    आफ्ना अनुभव राखेका थिए ।

तालिममा  सहभागीहरुलाई  अध्यक्ष मनाेज राईले प्रमाणपत्र वितरण  गर्नु भएको थियोे ।  तालिममा सहभागलाई शुभकामना दिनुहुदै अध्यक्ष राईले    सिप विकाश तालिम दिएर पालिका भित्र  नयाँ उद्यमी विकास गरि उद्यम समुह गठन गरेर विभिन्न तालिम संचालन गरिरहेकाे जानकारी गराउनु भएको थियोे ।  सिप सिकाएर  गाउँघरमा रोजगारी सिर्जना गरि आय आर्जनमा सहयोग पुर्‍याउने उद्वेश्य लिएर  पालिकाले यसअघि सञ्चालन गरेको तालिम तथा समुहलाई  निरन्तर फलोअप गरिरहेको  बताउनु भयो  ।

समापन कार्यक्रमका अध्यक्ष   वाड न ६ का वाडसद्स्य  राज कुमार राइले कार्यक्रमकाे  समापन गर्नु हुदै  सिप विकास तालिमबाट  सिकेका सिपलाई  प्रयोग गरि रोजगारी बनि आर्थिक अवस्था राम्रो बनाउन आग्रह गर्नु हुदै  आावाश्सयक हयोग गर्न वडा तयार रहेको जानकारी गराउनु  भएको थियोे ।   तालिममा उद्यम सहजकर्त खुमा  राई ,ओमा राईले गरेका थिए ।  समापन कार्यकम कम्प्युटर अपरेटर दिपक राईले संचालन गर्नु भएकाे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय