छथर जोरपाटीको चुलाचुली र काजीमाने बजारलाई लक्षित गरेर डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम शुरु गरिएको छ ।

यो संगै वडा नं.२ स्थित जोरपाटी बजारबाट उक्त क्षेत्रमाजानेकालोपत्रे बाटोको लम्बाई २ किमि७ सय मिटर पुगेको छ ।

गएको आर्थिक बर्ष ०७६÷०७७माजोरपाटी बजारबाट फुर्तुङ्ग डाँडा सम्मगाउँपालिका र राष्टिङय योजनाआयोगको साझेदारीमा १ कि.मि.२ सय मिटर बाटो कालोपत्रे भएको थियो ।
हालनिर्माणाधिन डेढ कि.मि.सडक टेन्डर मार्फत् पबित्रापुजाआनन्द जेभी धनकुटाले यसै असार मसान्त सम्म सम्पन्नगर्नेगरी काम शुरु गरेको छ ।

फुर्तुङ्ग डाँडाबाट बदमटार सम्महुनलागेको उक्त सडक गाउँपालिका र राष्टिङय योजनाआयोगको २ करोड ७८ लाखको साझेदारीमानिर्माण हुनलागेको पालिकाअध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

उक्त बजेटमा ई–टेन्डर मार्फत् मूल्यअभिबृद्धि कर (भ्याट) सहित १ करोड ८० लाखेको स्वीकृत योजनाअनुसार कामसम्पन्नहुनलागेकोनिर्माण कम्पनीले जानकारी दिएको छ ।

यस सडक निर्माणले पालिकाको वडा नं.३,४ र ५ नं.वडाका नागरीकहरुलाई जोरपाटी बजार र यहाँस्थित गाउँपालिकाको प्रशासनीक केन्द्र सम्मआवतजावतगर्न सहयोग पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय