धनकुटा ,

राष्ट्रिय युवा संघ नेपालकाे बृहत जिल्ला भेला धनकुटामा सम्पन्न भएको छ । साे क्रममा धनकुटा जिल्लाकाे सातै तहका वडाबाट भेलामा सहभागी हुन आईपुगेका हजारौं युवाहरुले शक्ति प्रदर्शन तथा मार्चपास गरेका थिए । वृहत् जिल्ला भेलाले प्रविन पाेख्रेलकाे अध्यक्षतामा १ सय ७१ राष्ट्रिय युवा सघनेपालकाे जिल्ला कमिटी घाेषणा गरेको छ ।

साेहि अवसरमा माेहाेन लिम्बूको अध्यक्षतामा ७५ सदस्य युथफाेर्स नेपालकाे जिल्ला कमिटी घाेषणा गरेको छ । नेकपा एमालेको पोलिटव्यरो सदस्य,केन्द्रीय युवा संघका ईन्चार्ज तथा सांसद महेश बस्नेतले जिल्ला युवा भेलालाई सम्बाेधाेन गर्दै सिके राउत तथा विप्लव जस्ता समूहलाई राज्यको मुलधारमा ल्याउनु केपी ओलीको ऐतिहासिक सफलता भएको उल्लेख गर्दै उहाले विप्लवले निर्वाचनमा समेत भाग लिने निर्णय गरेकोमा स्वागत गर्नुभयो ।

विप्लव नेतृत्वको पार्टी निर्वाचनमा भाग लिने निर्णय गरेसँगै विभिन्न वहानामा सरकारले स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाउँदै उहाँले निर्वाचन रोक्ने प्रयास गरे एमालेले मुलुकभर आन्दोलनको आँधिवेरी ल्याउने समेत चेतावनी दिनुभयो । त्येसको लागि देभरका युवा विद्यार्थी तथा एमालेका कार्यकर्तालाई तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो ।

त्यस्तै गरि उहाले देउवा नेतृत्वको गठबन्धन सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका राज्यको तिनवटै अंग ध्वस्त पार्ने काम भएको बताउनुभयो । त्यस्तै भेलालाई सम्बाेधन गर्दै जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश सासंद ईन्दमणि पराजुलीले आगामी आसन्न स्थानीय तहकाे निर्वाचनमा सबै खाले विपक्षी गठबन्धन लाई पत्तासाप गरेर   बैशाख ३० पछि धनकुटा एकलौटी एमालेकाे लालकिल्ला बनाउने उदघाेष गर्नु भयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय