धनकुटा चैत ६ ,

नेकपा एमाले पार्टी पाख्रिबास नगरकमिटी धनकुटाकाे वडा स्तरीय कार्यकर्ता भेला आज बाट सुरुभएको छ । आसन्न स्थानीय तहकाे निर्वाचन लक्षित गरि वडा स्तरीय कार्यकर्ता भेला गर्ने पार्टीको अभियान अन्तरगत आज देखि पाख्रिबास नगरकमिटीले वडा स्तरीय भेला वडा नं १ र ६ नम्बर वडा बाट सुरुवात गरेको नगर कमिटी अध्यक्ष सान्तिराम गाैउतमले जानकारी दिनु भयो । वडा नं १ तल्लो सान्नेमा आज सम्पन्न भेलमा सहभागी नेता तथा कार्यकर्ताहरुलाई पार्टीको समसामयिक विषय र आगामी निर्वाचनमा उम्मेदवारी छनाैट लगायत विषयमा पार्टीका जिल्ला कमिटी सदस्य तथा मेयर विर्ष बहादुर राई , नगर अध्यक्ष सान्तिराम गाैउतम , पार्टीका प्रदेश सल्लाहकार परिषद सदस्य भवानी प्रसाद दाहाल , जिल्ला कमिटी सदस्य नम्रता देउजाले प्रशिक्षण दिनुभएको थियोे ।

त्यस्तै गरि वडा नं ६ मा सम्पन्न वडा स्तरीय भेलामा सहभागी नेता तथा कार्य कर्तालाई जिल्ला कमिटी सदस्य भिम राई ,अभियानका सदस्य तथा नगर ईन्चार्ज नेत्र भण्डारी र उपमेयर देवकला तिमल्सिनाले पार्टीको समसामयिक विषय माथि जानकारी गराउदै कार्यकर्ताहरुलाइ आगामी निर्वाचनमा उम्मेदवारी छनाैटमा ध्यानदिनुपर्ने कुराहरुकाे विषयमा प्रशिक्षण दिएकाछन् । पार्टीको वडा स्तरीय कार्यकर्ता भेला अभियान अन्तरगत भाेलि वडा नं २ र ७ मा कार्यक्रम हुने नगरकमिटी अध्यक्ष गाैउतमले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय