धनकुटा चैत ७ ,

पाख्रिबास नगरकमिटी धनकुटाकाे आयाेजनामा वडा नं २ सान्नेमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

वडा कमिटी अध्यक्ष दिल बहादुर तामाङकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाका विभिन्न टाेलबाट सयाै संख्यामा नेता ,कार्यकर्ताकाे उपस्थित रहेको थियोे । भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य तथा मेयर वृष बहादुर राई , नेता राजेन्द्र बस्नेत , नगर कमिटी अध्यक्ष सान्तिराम गाैउतम , नगर उपसचिव सराेज राई ,  वडा अध्यक्ष ताेर्ण मगर , जिल्ला कमिटी सदस्यहरु लगायतले पार्टीको समसामयिक विषयमा जानकारी गराएको थियोे । साथै आगामी बैशाख ३० गते हुने स्थानीयतहकाे निर्वाचनमा अत्यधिक बहुमतका साथ एमाले पार्टीको जित हुने बताएकाछन् । उनिहरुले एमालेकाे माहोल र जनताको मन मनमा बस्न सफलभएको देखेर काङ्ग्रेस तर्सि सकेको बताए । कार्यक्रममा वडा कमिटीका पदाधिकारी , जिल्लाका नेताहरूकाे उपस्थिति रहेको थियोे । त्यस्तै गरि नगरकाे वडा नं ७ मा पनि बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साेहि अवसरमा वडाका नगर विभिन्न संगठनमा निर्वाचित सदस्यहरुलाइ प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय