धनकुटा चैत ११,

एमाले सहिदभुमि गाउकमिटी धनकुटाले एक कार्यक्रमका बिच महिला स्वास्थ स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । गाउकमिटीले सात वटै वडामा कार्यरत २७ जना महिला स्वास्थ  स्वयंसेविकाहरुलाई सम्मान गरेको हाे ।

स्वयमसेविकाहरुकाे हेरचाह र परामर्शबाट मातृशिशु स्वास्थ्य सुधार हुदै गएकाे गाउपालिका उपाध्यक्ष रत्न श्वरी राईले बताउनु भयो । कार्यक्रममा बाेल्दै स्वयंसेविकाहरुको सक्रियताले नै आमा र बच्चामा स्वास्थ्य सुरक्षित हुने भएकाले महिला स्वयसेविका दिदिबहिनीकाे हाैसला र कामकाे प्रशंसा गर्नुपर्ने गाउकमिटी अध्यक्ष नीर बहादुर राईले बताउनुभयाे ।

सम्मानित हुने स्वयमसेविकहरुलाई सम्मान पत्र र करुवा प्रदान गर्दै सम्मान गरिएको थियोे । सम्मान गरेकोमा महिला स्वास्थ स्वयमसेविकाहरुले खुसि व्यक्त गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय