चैत १५
पाख्रीबास-फलांटे-अंधेरीघाट साडे ९ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सडकको मंगलबार एक कार्यक्रमका बिच संघिय सांसद राजेन्द्र कुमार राईले शिलान्यास गर्नु भएको हाे ।
सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद राईले आजको यस कार्यक्रमले हामी मात्रै होइन फलांटेवासी सबै राजनैतिक दलका नेता,कार्यकर्ता र स्थानियवासी खुशी हुनु पर्ने बताउनु भयो । त्यसैगरि अबको बजेटबाट अंधेरीघाटमा पुल बनाउने जिम्मा आफ्नो रहेको पनि सांसद राईले बताउनु भयो ।
बैशाख ३० को निर्वाचनमा हाम्रो जित सुनिश्चित छ,कांग्रेसलाई कसरी तह लगाउने त्यो आइडिया हामीलाई थाहा छ । चुनावपछि कांग्रेस कहां भाग्छ ? कांग्रेसलाई गाउं,बस्तीबाट यो चुनावमा खेद्नु पर्ने र हामीले ५ बर्षमा गरेका कामहरु लिएर जनतामाझ जानु पर्ने सांसद राईले बताउनु भयो ।
त्यस्तै गरि फलाटेका पूर्व गाबिस अध्यक्ष भीम राईले कांग्रेसका केही नेताहरु अहिले हेलिकप्टरमा खैरो ब्यक्तिहरुलाई लिएर दलित बस्तीमा आश्वसानको पोको लिएर आएको भन्दै दुई पटक सम्म मन्त्री भएर धनकुटामा बिकासको सिन्को पनि नभांचेको बताउनु भयो ।
यस पाख्रीबास-फलांटे-अंधेरीघाट सडक कालोपत्रे सडकको लागि ओली सरकार हुंदा १ अर्बको बजेट विनियोजित भएकोमा वर्तमान देउवा सरकारले ६० करोड कटौती गरेर ४० करोड मात्र गरिदिएको पनि सहभागी वक्ताहरुले बताउनु भयो ।
पाख्रीबास नगरपालिका प्रमुख बृख बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान लगायत नगरका जनप्रतिनिधि,स्थानियवासी लगायतको उपस्थिति रहेको थियो ।












