चैत १६
सहिदभुमि गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रम बाट चालू आर्थिक वर्ष २ सय ६१ जना युवाले राेजगारी पाएकाछन् । “श्रमकाे सम्मान राष्ट्रिय अभियान ” भन्ने मुलनाराका साथ राष्ट्रिय स्तरमा संचालन भईरहेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम बाट गाउँ पालिका भित्र का २ सय ६१ जना युवाहरूले राेजगारी पाएकाे हाे ।
गाउँ पालिकाकाे ७ वटै वडाका ३४ वटा विभिन्न आयाेजनाहरु मार्फत उनिहरुलाई राेजगारीकाे व्यवस्था मिलाएको कार्यक्रम संयाेजक सीता पाैडेलले बताउनु भयो । अहिले पालिकामा सडक ,यातायात ,गाेरेटाे बाटो ,खेलमैदान , साेलिङ ,वाल उठाउने लगायतका ३४ वटा आयाेजना मध्ये २० वटा आयाेजनाकाे काम सकिएको संयाेजक पाैडेलले बताउनु भयाे ।
बाकी रहेको काम निरन्तर जारी रहेको र चैत मसान्तसम्ममा सकिने संयाेजक पाैडेलले बताउनुभयो । चालू आर्थिक वर्ष एक कराेड ५० लाख ५९ हजार ७ सय बराबरको विनियोजित बजेट मार्फत पालिका भित्रका बेरोजगार युवाहरुलाई सय दिनकाे काम सहित राेजगार उपलब्ध गराएको संयाेजक सीता पाैडेलले जानकारी दिनु भएको छ ।












