अघिल्लो केपी ओली सरकारले शुरु गरेको फुस्को छानो हटाएर टिनको छानो लगाउने जनता आवास कार्यक्रम हटाउने तयारी भईरहेको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

नेकपा समाजवादी धनकुटा नगर कमिटी प्रशिक्षणका लागि आउनु भएकी झाँक्रीले शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको नेकपा एमालले चरम दुरुपयोग भएको  आराेप लगाउदै  हटाउन लागिएको जानकारी दिनुभयो ।

‘उक्त कार्यक्रम हटाउन नीतिगत तहमा संशोधनको तयारी गरिरहेका छौं’–झाँक्रीले भन्नुभयो । ‘अघिल्ला सरकारले जनता संग गरेका करार सम्झौता पुरा गर्ने दायित्व यस सरकारको भएकाले मात्र उक्त कार्यक्रमलाई निरन्तरता दिएका हौ ।

यसैबीच धनकुटा नगरपालिका वडा नं.२ मा निर्मित स्वास्थ्य चौकी भवन त्घाटन मन्त्रीले झाँक्री गर्ने चर्चा चलेकै बेला उक्त भवनको अघिल्लै दिन संघिय सांसद राजेन्द्र राईले उत्घाटन गरेको बिषय प्रति झाँक्रीले उक्त भवनको पुनः उत्घाटन गरिने जानकारी दिनुभयो । ‘म मन्त्री नभए नहुंला तर भवन हस्तान्तरण भएपछि मन्त्रालयले धुमधामका साथ उत्घाटन गर्नेछ ।’–झाँक्रीले भन्नुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय