चैत १८,
धनकुटा नगरपालिका वडा नं २ भिरगाउमा निर्माण गरिएको ८ काेठे स्वास्थ्य चाैकिकाे भवन उदघाटन गरिएको छ ।

शुक्रबार वडा अध्यक्ष चन्द्रलाल तामाङकाे अध्यक्षता तथा संघीय संसद राजेन्द्र राईकाे प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच संसद राईले रिबनकाटेर उदघाटन गरेका थिए । संसद राईकाे पहलमा निर्माण सम्पन्न भएको नवनिर्मित स्वास्थ्य चाैकि भवन १ करोड ९७ लाख ६१ हजार ६ सय ६५ रुपैया लगातमा निर्माण कार्य सम्पन्न भएको वडा कार्यलयले जनाएको छ ।

समुदघाटन कार्यक्रममा नगर प्रमुख चिन्तनतामाङ, उपप्रमुख सकुन्तला बस्नेत लगायतकाे उपस्थिति रहेकाे थियाे । यश अघि केपी ओलि नेतृत्वको सरकारले एकैपटक स्वास्थ सेवामा पहुँच वृद्धि गर्ने उदेश्यले ३९६ वटा पाँच देखि १५ सया सम्मका आधारभूत अस्पताल, स्वास्थ चाैकि निर्माणका लागि बजेट व्यवस्था सहित शिलान्यास गरिएको थियोे । अहिले धनकुटा जिल्लामा निर्माण तथा उदघाटन क्रम निरन्तर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय