धनकुटा चैत २१
नेकपा एमाले वडा नं ६ सहिदभुमि वडाकमिटी धनकुटाले १४ जना राजवन्दी तथा राजवन्दीका परीवारहरुलाई सम्मान गरेको छ । आइताबार एक कार्यक्रमका बिच १४ जना राजवन्दीहरु र राजवन्दीका परीवारहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको वडा कमिटीका अध्यक्ष केसब राईले जानकारी दिनुभएको छ ।

२०३६ सालको किसान आन्दोलनको क्रममा ७ वर्ष जेलजिवन बिताएका राजवन्दि र राजवन्दिका परिवारलाई सम्मान गरिएको हो । सोहि अवसरमा दुईजनालमर्य घरेलु सोलार सेट , २४ जना वृद्धावृद्ध तथा गरिव विपन्न २४ जना घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै गरी ४ जना दीर्घरोगीहरुलाई नगद ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको कमिटीका अध्यक्ष केसब राईले बताउनु भयो ।त्यस्तै ८ जना व्याटमिन्टन खेलाडिहरुलाई खेलकुद सामाग्री समेत वितरण गरेका थिए । कार्यक्रममा संघिय संसद राजेन्द्र राई , प्रदेश संसद निरन राई , गाउपालिका अध्यक्ष मनोज राई ,वडा अध्यक्ष हेमकुमार राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय