धनकुटा चैत २३

सहिदभुमि गाउपालिका वडा नं ३ मा सञ्चालित ४५ दिने वेसिक ईलेक्ट्रिसियन विघुत जडान सम्बन्धि तालिम  सम्पन्न भएको छ। गाउपालिकाकाे ४ लाख आर्थिक सहयोगमा वडा ३ का २४ जना युवाहरुलाई ४५ दिने विघुत जडान तालिमकाे व्यवस्था गरेको गाउपालिका अध्यक्ष मनाेज राईका स्वकीय सचिव केसव राईले जानकारी दिनुभयो । तालिम गत फागुन १ गतेदेखि सुरुगरेर बुधबार एक ओैपचारीक कार्यक्रमका बिच गाउपालिका अध्यक्ष मनाेज राईकाे प्रमुख आतिथ्यमा समापन गरिएको हाे ।

तालिममा सहभागी युवाहरुलाई गाउँपालिका अध्यक्ष राईले कार्यक्रममा बोल्दै सिकेका बुझेका कुराहरु जीवनमा लागु गर्दै अघि बढन् आग्रह गर्नुभयो । उहाले विघुतको क्षेत्रमा काम गर्न सक्ने जनशक्ति पालिकामा उत्पादन हुनुपर्ने बताउनुभयो । साथै उहाले सिकेको सिपलाई सदुपयोग गर्नु पर्ने भन्दै प्रमाणपत्र वितरण गर्नुभएको थियोे । तालिममा सहभागी युवाहरुले तालिम उपलब्धि मुलक भएको भन्दै आत्मानिर्भर बन्न सहज हुने बताएकाछन् । ४५ दिने विघुत जडान तालिम हेरिटेज टेक्निकल एण्ड रिसर्च ईन्स्टिच्यु प्रालिका राेशन बज्गाइले प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय