चैत २४
सहिद भुमि गाउपालिका वडा नं ४ खाेकु स्थिति जीवन सुधालय माविकाे नवनिर्मित ४ काेठे पक्की भवनको आज उदघाटन गरिएको छ । विघालयकाे नवनिर्मित पक्की भवन समुदघाटन समारोहका प्रमुख अतिथि संघीय संसद राजेन्द्र कुमार राईले रिवन काटेर उदघाटन गर्नुभएको हाे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा ) जिल्ला आयाेजना कार्यन्वयन ईकाई बाट प्राप्त बजेट ७२ लाखमा दुईतले ४ वटा काेठा सहितको भवन निर्माण गरिएको विघालयले जानकारी दिएकाेछ ।
साे विघालय उदघाटन कार्यक्रममा विघालयका प्रधानध्यापक राजेन्द्र राई , जनप्रतिनिधिहरु , एमाले गाउकमिटी पार्टी अध्यक्ष नीर बहादुर राई , शिक्षक अभिभावक , विभिन्न राजनीतिदलका प्रमुख प्रतिनिधि लगायतको उपस्थित रहेको थियोे । यश अघि जिर्ण पुराना विघालयकाे भवन भित्र पठनपाठन गरिरहेकाे अवस्थामा नयाँ भवन बनेपछि पठनपाठनमा सहज भएको विघालय व्यवस्थापन समितिले जानकारी दिएकाछन् । साथै आगामी दिनमा विघालयलाई थप सहयोगकाे आवाश्यकता रहेको जानकारी गराएका थिए ।।












