चैत २५ ,
हिले भलिवल क्लवको अयोजनामा आजबाट प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमीकप भलिवल प्रतियोगिता धनकुटा १ हिलेमा शूरु भएको छ । प्रतियोगिताको उद्घाटन १ नं प्रदेश संसद निरन रईले गर्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १ अन्र्तगतका विभिन्न जिल्लाका ८ पालिकाले सहभागिता जनाएको हिले भलिवल क्लवका अध्यक्ष सञ्जिप तितुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको आज पहिलो दिन एक खेल भएको छ । झापा गाउँपालिका र आयोजक हिले भलिवल क्लव वीच भएको खेलमा २५-१४,२५-१९ र २५-१६ को सोझो सेटले झापा विजयी भएको छ । भोलिको खेल विहान ९ बजेदेखी शूरु हुने छ । २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजयी प्रथम टिमले नगद १ लाख २१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ६१ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् । सेमी फाईनलमा पुग्ने प्रेत्येक टिमलाई ५ हजार भत्ताको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय