चैत २७,
नेपाल लाेकतान्त्रिक तामाङ संघको प्रथम जिल्ला भेलाबाट यज्ञ बहादुर घिसिङकाे अध्यक्षतामा ३३ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । नेपाल लाेकतान्त्रिक तामाङ संघका जिल्ला ईन्चार्ज पेमा कुमारी लामाकाे अध्यक्षता , नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज सघीय संसद राजेन्द्र कुमार राईकाे प्रमुख आतिथ्यमा सम्पन्न प्रथम जिल्ला भेला सम्पन्न भएको हाे ।
प्रथम जिल्ला भेलाले यज्ञ बहादुर घिसिङ सर्वसम्मत निर्विरोध अध्यक्ष पदमा चयन गरेको हाे । त्यस्तै गरि उपाध्यक्षमा जमुना माेक्तान , सचिव उत्तम पाख्रिन ,उपसचिव सीता तामाङ ,उपसचिव नन्द सिङ तामाङ ,सदस्यहरुमा पाना माेक्तान ,गाेविन्द बम्जन ,नवीन तामाङ,चन्द्रबहादुर तामाङ, टिकाराम पाख्रिन तामाङ, धनबहादुर तामाङ , मनु तामाङ , लक्कि तामाङ लगायत गरि जम्मा ३३ सदस्य जिल्ला कमिटी निर्माण गरिएको हाे ।

कार्यक्रममा पार्टीका जिला सचिव नेपाल लाेकतान्त्रिक आदिवासीजनजाति महासंघका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज प्रदेश १ सभा सदस्य निरन राई ,जिल्ला कमिटी सदस्यहरु लालचन गाेङवा, धिरेन थिङ,सिताराम थिङ,नगेन्द्र स्याङवाे , निरन तामाङ , फडिन्द्र तामाङ ,तारा तितुङ ,निरमला राई ,हरिलाल माेक्तान , नगर उपाध्यक्ष सिह तितुङ , वडा कमिटी अध्यक्ष कमल थिङ लगायतकाे उपस्थिति थियोे ।












