चैत २८
सहिदभुमी गाउपालिका वडा न. ६ एमाले पार्टी वडा कमिटीकाे आयाेजनामा वडास्तरिय पार्टी प्रशिक्षण तथा पुर्वजनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष केशब राईकाे अध्यक्षता , नेकपा एमाले केन्द्रिय सदस्य जिल्ला इन्चार्ज राजेन्द्र राईकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित पुर्व जनप्रतिनिधिहरु र जेष्ठ कम्युनिस्ट २३ जना नेता कार्यकर्ताहरुलाई सम्मान पत्र द्वरा सम्मान गरिएकाे छ ।

कार्यक्रमकाे विशेष अतिथि नेकपा (एमाले) प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली,सचीव निरन राई गाउपालिका अध्यक्ष मनाेज राई लगायत नेताहरुरहनुभएकाे थियोे । साेहि अवसरमा भुपेन्द्र राईकाे अध्यक्षतामा १ सय ५ सदस्य राष्ट्रिय युवा संघ नेपालकाे वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा राजेन्द्र राई ,सचिव राजन राई(सुक्मित राई ) ,उपसचिव सुजना राई ,उपसचिव सन्त कुमार राई र काेषाध्यक्ष तिर्थ बहादुर भट्टराई रहेकाछन् । त्यस्तै गरि कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुलाइ समसामयिक विषयमा प्रशिक्षण दिएकाे थियोे ।












