बैशाख २,

कला एल्बमको पहिलो भेटमै मन हाम्रो साटियो गितको म्युजिक भिडियो बैशाख एक गते नयाँ सालको अवसर पारी अ मुमेन्ट प्रीजेन्टेसन ( A Moment`s Presentantion) youtube च्यानल बाट सार्बजनिक भएको छ ।

टीका चाम्लिङ्को सुन्दर शब्दमा पारास मुकारुङले संगीत भरेका छ्न भने यसमा गायिका कला राईले सुमधुर आवाज दिएकी छिन, यो गित निशाद स्टुडियो बाट रेकर्डिङ गरेका हुन । यो गितको म्युजिक भिडियो काठमाडौ उपत्यकाको गाम्जा आसपासमा छयाङ्कन गरिएको थियो । स्विटी तामाङ र शुवाङ मोक्तानको मुख्य भुमिकामा अभिनय रहेको यस भिडियोमा ज्याक योङहाङ, आरती तामाङ, रोजि राई, बिनिता तामाङ, लग्मी तामाङ र अनिता लगायतको अभिनय पनि देख्न सकिन्छ ।

पुर्व जग्गा कारोबारको निर्माणमा बनेको यस भिडियोमा निर्देशक आरेन लिम्बुको निर्देशक रहेको छ, यसैगरी भिडियोमा निर्देशक राजा मावोले पनि निर्देशनमा सहयोग गरेका छन । यो भिडियोलाई मुल्यांकन गर्दा सुन्दर शब्दले भरिएका गितको भिडियोमा कलाकारहरुको समान्य अभिनय देखे त पनि छ्याङकन र निर्देशकको भने कमजोरी भेटिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय