धनकुटा बैशाख ४
धनकुटाकाे सहिद भुमि गाउँपालिकामा ३२ दिने सुरक्षा गार्ड सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिमको शनिबार एक ओैपचारिक कार्यक्रमका बिच समापन गरिएको हाे ।
तालिममा १८ देखि ३५ वर्ष उमेर समुह ३१ जनाको सहभागीता थियोे । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मनाेज राई र वडा नं ६ का वडा अध्यक्ष हेमकुमार राईले प्रमाणपत्र वितरण गर्नुभएको थियोे ।
तालिम दुधकाेशी टेक्निकल ट्रेनिङ एण्ड कन्सल टेन्सी प्रालिका प्रशिकहरुले दिएकाे थियोे ।


तालिमको समापन कार्यक्रममा बाेल्दै गाउँ पालिका अध्यक्ष मनाेज राई ,वडा नं ६ का वडा अध्यक्ष हेमकुमार राईले सिकेको सिपलाई सदुपयोग गर्न तालिममा सहभागीहरुलाई सुझाव दिनुभएको थियो ।












