धनकुटा  बैशाख ८ ,
 यहि बैशाखमा हुने स्थानीय तह निर्वाचन गराउनका लागि धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।सदरमुकाम स्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
धनकुटाको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत धनकुटाका न्याधिश फणिन्द्र प्रसाद पराजुली नियुक्त हुनुभएको छ ।त्यस्तै पाख्रिवास नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पाख्रीबास नपाको निर्वाचन अधिकृतको रुपमा राजेन्द्र भट्टराई नियुक्त हुनु भएको छ ।त्यसैगरि आजै अन्य पालिकामा पनि कार्यालय स्थापना गरिएको छ ।
महालक्ष्मी नगरपालिका निर्वाचन अधिकृत लक्ष्मीदेवी हुमागाई ,शहिदभुमी गाउँपालिकामा रुद्धमणी गिरी,साँगुरीगढी गाउँपालिमा रत्नबहादर कटुवाल, छथरजोरपाटी गाउँपालिकामा गोकुल प्रसाद निरौला र चौविसे गाउँपालिकामा राजन बास्तोला निर्वाचन अधिकृतको रुपमा नियुक्त भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय