धनकुटामा नेकपा एमाले पार्टीले सात वटै पालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारकाे टुंगो लगाएको छ ।
जस अनुसार धनकुटा नगरपालिका प्रमुखका लागि निवर्तमान नगर प्रमुख चिन्तन तामाङ उम्मेदवार रहेका छन् । उपप्रमुखको उम्मेदवारमा भीमा खनाल रहेको छ ।
पाख्रीबास नगरपालिका प्रमुखमा भीम राई र उपप्रमुखमा नम्रता देउजा, महालक्ष्मी नगरपालिकामा प्रमुख दीपक बुढाथोकी र उपप्रमुखमा मञ्जु कार्की छन् । चौबिसे गाउँपालिका अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्ष टंकमाया मगर, साँगुरीगढी गाउँपालिकामा कुमारजंग याखा र उपाध्यक्षमा मुना राई छन् । यस्तै, छथर जोरपाटी गाउँपालिकामा अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्षमा गोमा कार्की तथा सहीदभूमि गाउँपालिकामा अध्यक्ष मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई रहेको छ।

धनकुटा नगरपालिकाको उपप्रमुख, पाख्रीबास नगर प्रमुख र उपप्रमुख तथा महालक्ष्मी नगरपालिकाको प्रमुख, चौबिसे, साँगुरीगढी र छथर जोरपाटीका उपाध्यक्ष नयाँ अनुहारका उम्मेदवार हुन् । चौबिसेका अध्यक्ष, उपाध्यक्ष, साँगुरीगढीका उपाध्यक्ष र छथर जोरपाटीका उपाध्यक्ष रहेको पार्टी अध्यक्ष ईन्नद्रमणि पराजुलीले जानकारी दिनुभयो । त्येस्तै गरि जिल्लाकाे ६० वटै वडाकाे वडा अध्यक्षकाे पनि आज टुंगो लाग्ने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय