सहिदभुमि गाउपालिकामा आउने बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनका लागि पालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ५ जनाकाे उम्मेदवार मनाेनयन गरेकाछन् । पालिका अध्यक्षमा एमाले बाट मनाेज राई , राप्रपा गुर्द बहादुर राई , नेकपा एकीकृत जित बहादुर राई , माओवादी भरतसिंह राई ,स्वतन्त्र अनिस पुमा राई रहेकाछन् ।
उपाध्यक्षमा एमाले रत्नश्वरी राई , राप्रपा चन्द्रकुमारी राई ,नेपाली काङ्ग्रेस पुर्ण बहादुर खड्का , जसपा बलेन्द्र राई ,स्वतन्त्र रमन कुमारी राई छन् । स्वतन्त्र तर्फ पालिका अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्ष र सदस्य सहित जम्मा १० जनाले उम्मेदवार दर्ता गरेकाे सहिभुमि गाउपालिकाकाे निर्वाचन अधिकृत रुद्वमणि गरीले जानकारी दिनु भएको छ ।
वडा अध्यक्षमा १ नम्बर वडा बाट ४ जना , २ नम्बर वडा बाट ४ जना , ३ नम्बर वडा बाट ३ जना , ४ नम्बर वडा बाट ४ जना , ५ नम्बर वडा बाट ३ जना , ६ नम्बर वडा बाट ३ जना र ७ नम्बर वडाबाट ३ जनाले उम्मेदवार दर्ता गरेकाछन् उल्लेखित सबै एमाले,काङ्ग्रेस ,राप्रपा ,एस र जसपा र स्वतन्त्र बाटरहेकाे छ ।












