धनकुटा सहिदभुमि ,

नेकपा एमाले सहिद भुमि गाउपालिकाले गठबन्धन पत्तासाप पार्नका लागि पालिका स्तरीय हाई कमान्ड गठन गरिएको छ ।  आउदाे बैशाख ३० गते हुने स्थानीय  तहकाे निर्वाचन मा गठबन्धनलाई हराउँदै एमाले पार्टीकाे तर्फबाट उठाईएका उम्मेदवारहरुकाे विजयी हासिल गर्नका लागि १५ सदस्य हाइकमान्ड गठन गरेको एमाले सहिदभुमि गाउकमिटी अध्यक्ष नीर बहादुर राईले जानकारी दिनु भयो ।

त्यस्तै गरि वडास्तरमा १ नम्बर वडा भानु राई , २ नम्बर वडा कुमार मङ्क्रान्ति , ३ नम्बर वडा सुर्य प्रकाश राई , ४ नम्बर वडा रबिन्द्र राई , ५ नम्बर वडा सिमा राई , ६ नम्बर वडा मनाेज राई र ७ नम्बर वडामा सन्जय प्रकाश राईकाे संयाेजकत्वमा निर्वाचन परिचालन कमान्ड गठन गरिएको छ । त्यस्तै रबिन्द्र राईको संयोजकत्वमा ५ सदस्य आर्थिक समिति गठन गरिएको छ । चुनावी प्रचारप्रसार का लागि मानवी माेक्तान र बसन्त राईकाे संयाेजक र सहसंयाेजकत्वमा प्रचारप्रसार समिति गठन गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय