धनकुटा
पाख्रीबास नगरपालिका वडा नं ९ मा नेकपा एमाले पार्टीकाे प्रत्यासी उम्मेदवारहरुले घरदैलो कार्यक्रम अगाडि बढाई रहेको छ । वडा अध्यक्ष उम्मेदवार सम्झना आले , सदस्यहरु पहलमान घिसिङ ,मदन आले , तारादेवि ढकाल धमला लगायतका टाेलिले टाेल टाेलमा पुगेर प्रतिवद्वता व्यक्त गर्दै सुर्य चिन्हमा मतदान गर्न आव्हान गरिएको छ । साेहि चुनावी प्रचारप्रसारका क्रममा चुनावी प्रचारप्रसार समिताका संयाेजक तथा पार्टीका नगर उपाध्यक्ष लाेकेन्द्र घिसिङले सबै सानातिना सबै काम घरनजिकैकाे सरकार बाट सुल्झाउन सकिने भएकाले सुर्य चिन्हमा मतदान गरेर ५ वर्ष सम्म ढुक्क हुनु पर्ने बताउनुभयो ।
त्यस्तै गरि उहाले विकास गर्ने ठाउँ भनेको स्थानीय तहभएकाले सहि उम्मेदवार छान्नु पर्ने बताउनु भयो । साेहि क्रममा उहाले गठबन्धनले संबिधान र कानुन मिचेर महिलाको राजनीति गर्ने अधिकार खाेसेकाे बताउदै गठबन्धन भनेको कालेकाले मिलेर खाउ भाले मात्र भएकाले उनिहरुबाट कुनै पनि विकास हुन नस्सक्ने ठाेकुवा गर्नु भयाे । त्यस्तै गरि पार्टीका पुर्व जिल्ला कमिटी सदस् यज्ञ घिसिङले पनि काङ्ग्रेसलाई परास्त गर्दै एमाले पार्टीको सानदार जित सुनिश्चित भएकाले सबैलाई अलमल नभई सुर्य चिन्हमा मतदान गर्न सल्लाह दिनुभयो । यसैगरी कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष चन्द्रलाल घिसिङले वडा नं ९ मा विकास निर्माणका काम धेरै गर्न सफल भएको दावी गर्नुभयो ।


साेहि अवसरमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने युवाहरूलाई खदा र अविरले स्वागत गर्दै नेताहरुले पार्टी प्रवेश गराएको थियोे । कार्यक्रममा वृद्धावृद्वहरुलाई खदा तथा अविरले सम्मान गर्नुभएको थियोे । कार्यक्रममा नेता कार्यकर्ता जनताहरुकाे उपस्थिति थियोे ।













