नारायण कुमार राई
धनकुटा १९ बैसाख ।

‘खै बालाखामा राखेको नाम बिर्सियो त बाबु ! ’अनि नाम भन्ननमिल्ने हो आमा ? ‘बिर्सियो भनेको क्या !’ आमा तपाईंको नाम के हो ? भन्ने प्रस्नमा मार्से तेलीयाका आमाले बन्नुभएको कुरा हो यो । नेकपा एमाले ३ वडा कमिटीले मार्से गाउँमा आयोजना गरेको चुनावी सभामा आएका आमाहरुले करिव आधा घण्टा सम्मको भलाकुसरीमा नत नाम बताए नत भोट कसलाई दिने प्रष्ट कुरा नै गरे । पहिलो आमाले नाम नबताएपछि संगै रहनुभएका अर्की आमाले पनि उसै भनिनन् । भोट केमा लगाउने त आमा ?‘खै मत बुढाले जाता भन्छ उतै लाउँछु ।’अनि बुढाले कता लगाउने भन्नु हुन्छ नि ?‘खै मलाई थाहा भएन,जाता भन्छ उतै लस्करै लगाईछिन्छु ।,किन सोध्नुभको ?’ लामो समयको भलाकुसरी पछि भने मार्से तेलियाकी ती पहिलो र दोस्रो आमा मध्ये पहिलाको नाम मुसी तामाङ रहेछ । उहाँ ३ सालको हुनुहुँदो रहेछ । नाम सोध्दा बालाखामा राखेको नाम बिर्सियो भन्नुको कारण लेख्नेले नाम बिगारी दिएकाले नाम भन्न गाह्रो मान्नु भएको रहेछ । उहाँको श्रीमान् अहिले सकिनसकी एमालेको प्रचारमा हिडिरहेका रहेछन् । मनमायाँले नाम बताएपछि अर्की आमाले पनि आफ्नो नाम कालीमाया तामाङ बताउनुभयो । ७२ बर्षिया कालीमायाले पनि सोझै भोट केमा लगाउने नभने पछि उनको कुरामा कुरा थप्दै मुसी मायाँले भन्नुभयो–‘ऊ त झन भत्ता खाने सिधै घाममा दिईहाल्छ नि !’ कालीमायाँ एकल महिला हुनुहुँदो रहेछ । उहाँले ४ महिनामा १२ हजार पैसा पाउने गरेकोे जानकारी दिनुभयो । कुराकानीकै क्रममा आउनुभएका अर्का धनकुमारी तामाङलाई देखाउँदै–‘ऊ अर्कोपनि आईपुगो भत्ता खाने !’ मुसी आमाले त बुढाले भनेको ठाउँमा लस्करै भोट लाउने रे तपाई केमा लगाउने नि ? अब हामी पनि मकै सुकाउनेलाई लस्करै भोट दिने होला नि !’ छथर जोरपाटी गाउँपालिकाका अधिकांश वडाहरुमा जेष्ठ नागरीक महिला तथा पुरुषहरु यस्तै घुमाउरो पारामा कुरा गनुहुन्छ । एमाले नजाने पनि उनिहरु आकासकोलाई,घामपाटी,मकै सुकाउने,भत्ता दिने आदीलाई भोट दिने बताउने गरेका छन् । आईतबार वडा नं. ३ मा आयोजित कार्यक्रममा पनि महिला तथा जेष्ठ नागरिकहरुले यस्तै कुरा गरेको भेटियो । कार्यक्रममा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षका उमेद्वार शेरबहादुर लिम्बू,उपाध्यक्ष गोमा कार्की तथा वडा अध्यक्षका उमेद्वार टेक घिसिङ लगाएत वडा सदस्यहरुले आफ्ुना चुनावी प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा आफ्ना उमेद्वारले गरेका प्रतिवद्धता पुरा गराउने जिम्मा एमाले गाउँकमिटी अध्यक्ष ईन्द्र सारु मगर,जिल्ला कमिटी सदस्य भीमकला श्रेष्ठ,प्रदेश कमिटी सदस्य बलदिप राई तथा केन्द्रिय सदस्य राजेन्द्रकुमार राई लगाएत नेताहरुले जिम्मा लिनुभएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय