सहिदभुमि वडा नं १ मा चुनावी प्रचारप्रसार तथा घाेषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । एमाले वडा कमिटी सहिदभुमि वडा १ काे आयाेजनामा चुनाव प्रचारप्रसार सहित वडा नं काे चुनावी घाेषणा पत्र सार्वजनिक गरेको हाे । सार्वजनिक घाेषणा पत्रमा २०७४ सालकाे स्थानीय तहकाे निर्वाचन पश्चात् स्थानीय तह सरकारले विस्तार गरेको विभिन्न सडक हरु स्तरउन्ति र सडक सम्बन्धि भावी याेजना , शिक्षा ,स्वास्थ ,पर्यटन पुर्बधार बिकास , खेलकुद ,खानेपानी , कृषि ,विधुत वनक्षेत्रकाे संरक्षण सम्वर्द्वन लगायतका कुराहरु मुख्य बुदामा समेटिएको छ ।
एक घर एक धारा , एक परिवार एक व्यवसाय गर्न प्राेत्साहन , कृषकलाई व्यवसाय मुल्यांकन गरी अनसदान दिन पहल , पुङठुङ झर्ना, झ्यालढुँगा गुफा प्रवद्वन , स्थानीय जातीय परम्परा संरक्षण ,ढाेल नाच कृतन नाच प्रवद्वन , आदर्श माबिमा प्राबिधिक शिक्षा वन विज्ञान विषयकाे प्राबिधिक शिक्षा सञ्चालन , विपन्न विघार्थिहरुलाई प्राबिधिक शिक्षा अन्तरगतकाे सव ओभरसियर अध्यन गर्नका लागि विशेष छात्रवृत्तिकाे व्यवस्था लगायतका कुरालाई घाेषणा पत्रमा उल्लेख गरिएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका जिल्ला कमिटी सचिव तथा प्रदेश संसद निरन राईले देश भर दिनदिनै एमाले पार्टी प्रति जनलहर बढिरहेकाले फेरि पनि याे देशको शक्तिशाली पार्टीको रुपमा एमाले पार्टी स्थापित हुदै एमाले पार्टीको सरकार बन्ने बताउनु भयो ।

त्यस्तै गरि उहाले सहिदभुमि वडा नं १ मा २०७४ साल निर्वाचनमा अध्यक्ष गुमाए पछि काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले वडाकार्यलय समेत सहि ठाउँमा स्थापना गर्न नसकेकाले अबको निर्वाचन पछि एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्षले वडा नं १ काे सम्पूर्ण जनाताले चाहेको ठाउँमा जनताको माग अनुसार वडा कार्लय स्थापना गर्ने बताउनुभयो ।
गाउपालिका अध्यक्ष उम्मेदवार मनाेज राईले जनताको मतलाई सम्मान गर्दै सबै जनतालाई न्यायिक रुपमा सेवा सुबिधा उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गर्नुभयाे । उपाध्यक्ष उम्मेदवार रत्नश्वरी राई , वडा अध्यक्ष उम्मेदवार बलरामले पनि पार्टीको नीति र सिद्धान्त अनुसार काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सल्लाहकार सदस्य भानुभक्त राई ,गाउकमिटी अध्यक्ष नीर बहादुर राई वडा कमिटी अध्यक्ष विष्णु प्रसाद राई , विभिन्न जनवर्गीय संगठनकाे प्रमुख तथा प्रतिनिधि लगायत नेता कार्यर्ताकाे उपस्थिति थियोे












