पाख्रीबास नगरपालिका वडा नं ९ मा काङ्ग्रेसका वडा अध्यक्ष उम्मेदवार धनबहादुर माेक्तानलाई भाेट नलगाउने भनी सम्पुर्ण वडा बासीले बहिष्कार गरेकाछन् । पाख्रीबास नगरपालिका वडा नं ९ वडा कमिटी अखिल नेपाल महिला संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भाेट समेत नलगाउने गरि घाेषणा गरेको हाे । नेकपा एमाले पार्टी बाट बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पाख्रीबास वडा नं ९ मा वडा अध्यक्ष उम्मेदवार भएकी अध्यक्ष उम्मेदवार सम्झना आलेलाई साेही वडामा नेपाली काङ्ग्रेसकाे तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेका धनबहादुर माेक्तान र जिल्ला सचिव जयन्द्र घिसिङले चारीत्रिक हत्या हुने किसिमले सिंगो महिलाहरुकाे अपमान हुने गरि झुट्टाे अनर्गल आराेप प्रत्येक टोल भेला तथा वडा भेला हरुमा सार्बजनिज रुपमा नै गर्दै हिडेकाे पाईएकाेले आगामी निर्वाचनमा भाेट समेत नदिने गरि बहिष्कार गरेको अखिल नेपाल महिला संघ वडा नं ९ वडा कमिटी पाख्रीबास द्वरा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै संघका वडा कमिटी अध्यक्ष दिल कुमारी माेक्तानले काङ्ग्रेसका जिल्ला समिचव जयन्द्र घिसिङलाई पनि कार्वाही गर्नुपर्ने ९ नम्बर वडा बासी महिलाहरुको माग रहेकाे बताउनुभयो ।













