बैशाख २९,
धनकुटामा नेकपा एमालेका प्रदेश सांसद इन्द्रमणी पराजुली पक्राउ परेको भनेर गलत हल्ला फैलाइएको भन्दै गठबन्धनलाई गलत भ्रामक प्रचार नगर्न नेकपा एमाले धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ । निर्वाचनको मौन अवधि चलिरहेका बेला केही अनलाइन मिडियादेखि सामाजिक सञ्जालमा प्रहरीले सांसद पराजुली र प्रदेश कमिटी सदस्य बलदीप राईलेलाई पक्राउ गरेको भनेर गलत हल्ला फैलाइएको छ ।
स्थानियले नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएको भन्ने भ्रामक तथा कपो कल्पित समाचार बनाई विभिन्न सञ्चार माध्यम र सामाकि सञ्जालबाट अनर्गल प्रचार प्रसार गराएर एमाले संग सम्बन्धित नेता कार्यकर्ताहरुलाई हतोत्साही बनाउने गरेको भन्दै यस प्रकारको झुठा समाचार प्रबाशन तथा सम्प्रेषण नगर्न विज्ञप्ति मार्फत सचेत गराइएको छ ।
यो बिषयमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले सांसद पराजुली पक्राउ परेको हल्लामा कुनै सत्यता नरहेको बताए । ‘सामाजिक सञ्जालमा मान्छेले जे पनि लेख्दा रहेछन,’ एसपी अधिकारीले भने, ‘यो हल्लामा कुनै सत्यता छैन, यो गलत कुरा हो ।’












