धनकुटा ,
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ को निर्वाचनको मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधि वीच विवादका कारण स्थगित भएको मतदान आगामी जेष्ठ २ गते हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय सहिदभूमिले ठाकुरदेवी मा.वि. र ६ नं. वडा कार्यालयको तीन मतदान केन्द्रमा आगामी २ गते पूनः मतदान गर्ने गरि निर्णय गरेको निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिनुभयो । विवादको कारण शुक्रवार विहान साढे ११ बजे देखि उक्त केन्द्रमा मतदान प्रक्रिया रोकिएको थियो । अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताहरुको तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद सुरु भई मतदान कार्य अवरुद्ध भई पटक पटक सर्वदलीय वैठक राख्दा समेत वेलुकाको ५ बजे सम्म पनि विवादको निरुपण हुन सकेको थिएन । सहिदभूमि निर्वाचन कार्यालयले विवादका वीच मतदान कार्य सञ्चालन गरे थप भौतिक क्षति समेत हुने निष्कर्ष निकाली मतदान प्रक्रिया स्थगित गरेको थियो ।
तीन केन्द्रमा २५ सय १३ मतदाता रहेका छन् । मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८ सय १२ मत खसेको थियो । तीन वटै केन्द्रमा पूनः नयाँ प्रक्रियाबाट मतदान हुने निर्वाचन अधिकृत रुद्रमणी गिरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय