धनकुटा
धनकुटा नगरपालिकाको मेयरमा पुनः निर्वाचित हुनु भएका चिन्तन तामाङले पदभार ग्रहण गरेकाछन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यलय धनकुटाले सफत ग्रहण गराए पछि अध्यक्ष पदमा पुनः निर्वाचित तामाङले औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको हो । शुक्रबार मेयर चिन्तन बाट उपमेयर भिमा देवी खनालले सफत ग्रहण पछि पदभार ग्रहण गर्नु भएको छ ।
त्यस पछि नगरको १० वटै वडाबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई मेयर तामाङले नगरपालिकाको कार्यलयमा सफथ ग्रहण गराएका थिए । यस नगरमा मेयर उपमेयर नेकपा एमाले बाट विजयी हासिल गरेको छ । १० वटा रहेको नगरमा ५ वटा वडा गठबन्धनले जितेको छ भने ५ वटा वडा एमालेले जितेको छ ।












