धनकुटा
गएको चैत्र २१ र वैसाख ११ गतेका दिन दुई भिन्न भिन्न स्थानमा भएको आगलागीबाट पिडित भएका परिवारलाई विहिवार राहात वितरण गरिएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष एवम् ब्लाष्टकर्मी सन्तवीर लामाको अगुवाईमा दुई आगालागी पिडित परिवारलाई नगद र खाद्यन्न वितरण गरिएको हो । आगलागी पिडित तेह्रथुमको आठराई गा.पा.–७ थोक्लुङ कर्कलेका तिल वहादुर बल तामाङको परिवारलाई सहयोग गर्न इटहरी निवासी सुकमान लामाको संयोजकत्वमा तिन सदस्यीय सहयोग समिती गठन गरिएको थियो । सो समितिको सदस्यमा ब्लाष्टकर्मी धनकुाटका लामा र काठमाण्डौमा रहेका वद्री दंगाल रहका थिए ।
सहयोग संकलन समितिले सामाजिक संजाल मार्फत आगलागी पिडित तिलवहादुर बल तामाङको परिवारको आर्थिक सहयोगको लागी सार्वजानिक रुपमा अपिल गरेका थिए । अपिल गरेनुसार स्वदेश र विदेशमा गरी जम्मा ४८ हजार, ३ सय ३ रुपयाँ नगद स.कलन भएको सहयोग संकलन समितिका संयोजक सुकमान लामाले बताए । उनले विशेष गरेर तेह्रथुम जिल्लाको विभिन्न पालिकाबाट तराई झरेका र प्रवाशमा रहेका मनकारी दाता महानुभावहरुले सहयोग गरेको वताए ।
सहयोगको लागी काठमाण्डौमा वद्री दंगाल, विश्वजित खड्का, मकाउबाट चुडामणी पराजुली, कोरियाबाट मन वहादुर मोक्तान तामाङ, अष्ट्रेलियाबाट देवेन्द्र कार्की, साउदीबाट मन्तवीर लामा र अमेरिकाबाट राकेश राई (सुनिल) ले आर्थिक सहयोग जुटाउन ठूलो सहयोग पु¥याएको समितिका सदस्य सन्तवीर लामाले वताए । त्यसैगरी सहयोग संकलनको लागी इटहरी स्थित् मणी तितुङ, चन्द्र गोम्देन, तिर्थ मोक्तान, प्रेमकुमारी वल, जन्तवीर लामा, टेकवहादुर लामा, मोरङ गछियाबाट मागीलाल बल तामाङ, नरेन्द्र चम्लागाँई, धनकुटाको हिलेबाट जमुना थिङ तामाङ, धनकुटाबाट तुलसी वाह्रकोटी लगायतको महत्वपुर्ण योगदान रहेको थियो ।
यसैक्रममा आठराई गा.पा. वडा नं.७ पिप्लेका दलवहादुर रसाईलीको अग्नी पिडित परिवारलाई अष्ट्रेलियाबाट देवेन्द्र कार्कीले छुट्टै ५ हजार नगद सहयोग गरेका थिए । सो रकम पनि सहयोग संकलन अभियानका सदस्य सन्तवीर लामा र स्थानिय वुद्धिजिवी नन्द तामाङको उपस्थितिमा पिडित दलवहादुर रसाईलीको घरैमा गएर प्रदान गरिएको थियो ।












