धनकुटा,
बैसाख ३० गते सम्पन्न स्थानिय तहको निवार्चनमा नेकपा एमाले पार्टी गठबन्धन संग कडा प्रतिस्पर्धा गर्दै पुन ५५ प्रतिशत सीटमा विजयी हासील गर्दै धनकुटा जिल्लामा पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित हुन सफल भएको छ । निर्वाचन मतपरिणाम अनुसार एमालेले तिन पालिका प्रमुख ,छ पालिका उपप्रमुख र ६० वडा मध्ये ३१ वटामा जित हासिल गरेको छ ।
४८ कार्यपालिका सदस्य मध्ये २८ जना वडा सदस्य गरी कुल ३३० मध्ये १८० जना जनप्रतिनिधि निर्वाचित भएकाछन् । बाकँ सबै दलका ४५ प्रतिशत रहेकाछन् । एमालेको पाख्रीबास नगरपालिका ,सहिदभुमि गाउपालिका, चौबिसे गाँउपालिका , साँगुरीगढी गाँउपालिकामा बहुमत रहेको छ ।

धनकुटा नगरपालिकामा एमालेको विजयी भएपनि कार्यपालिकामा भने अल्पमतमा परेको छ । अन्यपालिकामा गठबन्धन काङ्गग्रेसको जित भएपनि अल्पमतमा परेकाछन् ।
पत्रकार सम्मेलनमा बोल्नु हुदै पार्टी अध्यक्ष इन्द्रमणि पराजुलीले कार्यपालिका सदस्य निर्वाचनको विषयमा माओवादी संग भएको सहमति अनुसार फरक काम गरेकाले भोलिका दिनमा हेर्ने दृष्टिकोण फरक रहने बताउनु भयो । मतको परीणमको हिसाबले पहिलो र बलियो पार्टी रहेको ४ कार्यपालिका एमाले रहेको र केही समय पछि बन्ने जिल्ला समन्वय एकल बन्ने पराजुलीले जानकारी गराउनु भयो ।
५५ प्रतिशत सीटमा एमाले विजय हासिल गरी फेरी पनि धनकुटा जिल्लामा पहिलो र शक्तिशाली पार्टी रुपमा स्थापित भएको साथै नेकपा एमाले बाट विजयी हुनुहुने जनप्रतिनिधि र सबै मतदमता हरुलाई बधाई तथा शुभकामना समेत दिनु भएको थियो । पत्रकार सम्मेलन पार्टीका केन्द्रिय सल्हाकार परिषद सदस्य गोपाल गुरागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।












